तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फेसियल हाउसको आयोजनामा भोटेकोशीमा जलयात्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ९ गते, शनिबार २०:५७

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “नेपाल्स वान ब्युटी सैलुन फेसियल हाउसले भोटेकोशीमा जलयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

फेसियल हाउसले कर्पोरेट मिडिया ग्रुपसँगको सहकार्यमा असार ०८ गते शुक्रबार जलयात्रा कार्यक्रम सम्पन्न गरेको हो ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा बरिष्ठ सौन्दर्यविद् सुस्मा महरा शाह, कर्पोरेट मिडियाका कार्यकारी अध्यक्ष उज्जवल जंग शाह, टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक समेत रहेका कर्पोरेटका पूर्व सम्पादक सरोज ओझा, कर्पोरेटकर्मी, फेसियल हाउसका कर्मचारी, प्रशिक्षार्थी, लगायत करिब ४० जना र्याफ्टिङमा सहभागी थिए ।

५ वटा डुङ्गामा सवार टोलीले सुकुटे स्थित भोटेकोशी खण्डमा करिब ७ किलोमिटर जलविहार गरेको थियो ।सो अवसरमा र्याफ्टिङ कार्यक्रम आयोजना गर्नुको उदेश्य ताजगी र साहसी खेलको मज्जा दिलाउनु रहेको जानकारी दिदै जलविहार सकुशल सम्पन्न भएकामा महराले खुशी व्यक्त गरिन ।

त्यस्तै संचारकर्मीद्वय शाह र ओझाले वहावयुक्त भोटेकोशीमा आयोजित जलविहारबाट चरम आनन्द मिलेको प्रतिकृया दिए ।

फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ ।करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएको फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु