दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आश्रय गृह सञ्चालनमा साझा मापदण्डका लागि १७ बुँदे घोषणापत्र जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १४ गते, बिहीबार ५:१६

– शर्मिला विश्वकर्मा

काठमाडौं ।“आश्रय गृहको सेवा: सशक्तीकरणमा टेवा” भन्ने नाराका साथ राजधानीमा आयोजित तीन दिने सम्मेलनमा सात प्रदेशबाट सहभागी आश्रयगृहका प्रतिनिधीहरूले अन्तरक्रिया गरी मङ्गलवार महिला आश्रयगृह सञ्चालनका लागि १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

महिला आश्रय गृहको क्षमता र संस्थागत विकासका लागि संरचना, स्रोत र दक्ष जनशक्तिको समेत उत्तिकै महत्व रहेकोले सरोकारवालाहरूबीच सहकार्य, स्रोत साधनमा पहुँच तथा दिगोपनाका लागि तीन तहका सरकारको प्रतिवद्धता र ऐक्यवद्धता हुनु पर्ने, लैङ्गिक हिंसाबाट पीडित÷प्रभावित महिला तथा आश्रित बालबालिका माथी हुने जोखिम न्यनीकरणका लागि पहल हुन ुपर्ने र पीडित / प्रभावितको खण्डिकृत तथा एकिकृत तथ्याङ्क प्रणाली स्थापना हुनु पर्ने लगायतका कुरा घोषणा पत्रमा उल्लेख छन् ।

सम्मेलनले लैङ्गिक हिंसा पीडित÷प्रभावित महिलाका लागि आवश्यक एकिकृत सेवाहरू (शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता, क्षमता विकासका सीप, सामाजिक पुनस्थार्पना) लगायतका सेवा प्रदान गर्ने आश्रय गृहहरुलाई समर्थन र सहयोगको अपिल पनि गरेको थियो ।

महिला आश्रयगृहरूको प्रथम सम्मेलनमा सहभागी आश्रयगृह सञ्चालक, अधिकारकर्मीले हिंसाबाट पीडितको पारिवारिक पुर्नमिलन समेतका लागि अल्पकालीन तथा दीर्घकालिन सेवा प्रदान गर्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा सञ्चालित महिला आश्रय गृहहरुको लैङ्गिक हिंसा निवारणमा विशेष भूमिका र महत्व रहेको जानकारी दिंदै लैङ्गिक हिंसा पीडित / प्रभावित महिलाको सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरण सहित आर्थिक सशक्तिकरणमा जोड दिनु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरकि मन्त्रालय, साथी संस्था र महिला आश्रय गृह राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा यही असार १० गते देखि १२ गते सम्म ३ दिन सम्म भएको प्रथम राष्ट्रिय सम्मेलनका समापन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाले भोगेका विविध प्रकारका हिंसा साझा मुद्दा हुन्, साथै हिंसासँग आर्थिक, सामाजिक, राजनैतिक समस्या पनि जोडिएर आउने र देशकै विकासको बाधक समेत हो भन्दै यसको समाधानका लागि राज्य र नागरिक समाजको साझा पहलको आवश्यकता रहेको बताउनु भयो ।

त्यसै गरी साथी संस्थाका संस्थापक वन्दना राणाले साथीको आव्हान तथा नेतृत्वलाई विश्वास गरी सातै प्रदेशबाट राजधानी आएर तीन दिनसम्म वृहत छलफलमा सक्रिय सहभागिता जनाएर महिला आश्रयगृहको सञ्चालन विषयमा काठमाडौँ घोषणापत्र जारी गर्न सहयोग गर्ने सबै अधिकारकर्मी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो भने साथी संस्थाका वर्तमान अध्यक्ष सजनी अमात्यले हिंसा पीडित महिलाको सुरक्षा, सहायता र संरक्षणका लागि गुणस्तरीय र सुविधा सम्पन्न महिला आश्रय गृहहरुको विस्तार र दिगोपनलाई निरन्तरता, मानव अधिकार मैत्री समावेशी र पहुँचयुक्त सेवाहरु प्रदानका लागि साझा अवधारणा बनेको बताउनु भयो ।

उक्त ३ दिने प्रथम राष्ट्रिय सम्मेलनमा महिला अधिकारकर्मीहरु, नेपाल सरकारका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरु, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, सञ्चारकर्मीहरु, लैङ्गिक हिंसा पीडीत, प्रभावित सहित दुइसय जना भन्दा बढीको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु