दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१७ बूँदे घोषणापत्र जारी गर्दै एनआरएनए मध्यपूर्व सम्मेलन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १५ गते, शुक्रबार २०:१७

काठमाडौं । गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौ सम्मेलन ओमानको राजधानी मस्कटमा १६ बुँदे घोषणापत्र सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआरएनएसँग हातेमालो गर्न दलहरुको साझा प्रतिबद्धता समेत प्राप्त भएको छ । ओमानको मस्कटमा आयोजित एनआरएनएको ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन सम्मेलको समापनमा राजनितिक दलहरुले एनआरएनएको माग र मुद्दाको सम्बोधन गर्दै एनआरएनएको सम्पुर्ण सरोकारमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरद शिंह भण्डारी,पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, पुर्व अर्थमन्त्री जनार्दन शर्मा, पुर्व श्रममन्त्री किसान श्रेष्ठ सहभागी रहेका थिए ।
उक्त सम्मेलनक्क समापन समारोमा किसान श्रेष्ठले एनआरएनएको अधिकारका लागि आफू आन्दोलन गर्नु परे पनि सडकमा आउन तयार रहेको बताए ।
यसैगरी पूर्वमन्त्री शर्माले नेपालमा लगानीको पर्याप्त क्षेत्र भएकाले हैसियत अनुसार लगानी गर्न आग्रह गरे ।
यसैगरी श्रममन्त्री शरद सिंह भण्डारीले श्रम क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । एनआरएनएले उठाएका कुरा सम्बोधन गर्न सरकार तयार रहेको र एनआरएनए पनि कार्यन्वयनमा गम्भीर हुन जोड दिए ।
कार्यक्रममा उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार सहेको बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ छ । एनआरएनए को सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको र एकताभावका साथ एनआरएनए लाई हेर्ने बताए ।
ओमानको राजधानी मस्कटमा सम्पन आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारमा आउने लाखौँ श्रमिकका समस्या, समाधान र लगानीको सम्बन्धमा बृहत छलफल भएको छ ।
अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन आयोजना भएको हो ।
सम्मेलनमा मुख्यतया मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल भएर महत्वपुर्ण निश्कर्ससहित घोषणापत्र जारी भएको छ ।

यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनुपरेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिइएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल भएको छ ।विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ, नेपाली दुतावास, बहराईनका राजदुत तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका राजदुत नवराज सुवेदी, नेपाली दुतावास, कतारका राजदुत डा. नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका राजदुत डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
एक महिना भित्र नियमावली बनाएर नागरिकता वितरणको काम सुरु गर्ने खड्काले बताए । लगानिको बाताबरण केके गर्दा तयार हुन्छ त्यो सबै सरकारले गर्छ उनले भने-‘गर्नु पर्ने काम रोकिँदैन, नेपाल निर्माण गर्न काँधमा काँध मिलाएर अघि बढ्न सरकार प्रतिबद्ध छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु