दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मगस, टिभ्स र एनआईसीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १५ गते, शुक्रबार २१:३५

काठमाडौं, असार १५ गते ।मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा मगस र गल्र्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो ।
कोटेश्वरस्थित आयोजक हिमालय स्कुल÷कलेजको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भीएस) लाई १५–१४ को साँघुरोअन्तरले पराजित ग¥यो । बास्केटबलकै गल्र्सको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६–४ ले हरायो ।
ब्वाइजमा मगसका आशिष थापा मगर तथा गल्र्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशिल कुमाल उत्कृष्ट खेलाडी चुनिए ।
बास्केटबल र फुटसल दुवैमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।
विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु