दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सभापतिको विरोध गर्दैमा पार्टी रुपान्तरण हुदैनु ः सहमहामन्त्री राठौंर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १६ गते, शनिबार ८:०६

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टी सभापतिको विरोध गर्दैमा रुपान्तरण नहुने बताएका छन । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, युवा, विद्यार्थीको भूमिका विषयक विचार गोष्ठी तथा धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले पार्टीका महामन्त्रीद्धयले सभापतिको विरोध गरेर रुपान्तरणको नारा लगाइरहेको बताउनुभयो ।

महामन्त्रीद्धयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोु दुई जना महामन्त्रीहरुले सभापतिलाई कम्फिडेन्समा लिएर काम गर्नपर्नेमा पार्टीका चोक चोकमा बसेर विरोध गर्दै हिड्ने काम मात्रै गरेको छु। नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौंरको भनाई छ । पछिल्लो समयमा नयाँ पार्टीले जनतालाई आर्कषित गरिरहेकाले नेपाली काँग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । यस्तै सहमहामन्त्री राठौरले पार्टीभित्र कुनै किसिमको विवाद नभएको बताउनुभएको छ । राठौरले पार्टीभित्र वैचारिक झगडा भन्दा पनि आफु कसरी नेतृत्वमा पुग्ने कुरामा ध्यान गएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु