दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘पठान’ भन्दा महंगोमा बन्दै ‘फाइटर’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १७ गते, आईतवार ५:२७

काठमाडौ । बलिउड सुपरस्टार ऋतिक रोशन ‘फाइटर’ फिल्ममा व्यस्त छन्, यस फिल्मलाई ‘वार’ र ‘पठान’ जस्तो ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका सिद्धार्थ आनन्दले निर्माण तथा निर्देशन गर्दै छन् । सिद्धार्थ आनन्दको ‘पठान’ गत जनवरी २५ मा प्रदर्शन भएका थियो, उक्त फिल्मले हिन्दी बक्स अफिसको अहिलेसम्मका सबै रेकर्ड तोड्न सफल भएको थियो । फिल्मले विश्वभरबाट एक हजार ४० करोडको ब्यापार गरेको थियो ।

‘पठान’ ब्लकबस्टर भएपछि हौसिएका निर्देशक सिद्धार्थले एक अन्तरवार्तामा आफ्नो आगामी फिल्म ‘फाइटर’ उनको अघिल्लो फिल्म पठान भन्दा ठुलो बजेट र स्केलमा निर्माण हुन् बताएका थिए । फाईटरलाई हलिउड फिल्मको स्तरमा बनाउने आफ्नो योजना रहेको उनले बताए । त्यसैले उनि उक्त फिल्मलाई आफै निर्माण गर्दैछन् । बताइए अनुसार फिल्म फाइटरको बजेट तिन सय करोड भन्दा धेरै हुने छ । जसमा ऋतिकको पारिश्रमिक जोडिएको छैन, किनकि ऋतिकले नाफाबाट सेयर लिनेछन् । यस अघि एसराज ब्यानरमा निर्माण भएको फिल्म पठान दुई सय करोडमा तयार भएको बताइएको थियो, जसमा साहरूखको पारिश्रमिक जोडिएको थिएन, साहरूखले पनि सेयरमा काम गरेका थिए । उता फाइटरमा पहिलो पटक बलिउड सुपरस्टार नायिका दीपिका पादुकोण र ऋतिक एकसाथ पर्दामा देखिँदै छन् । त्यसैले फाइटर दर्शक माझ निकै प्रतीक्षित बनिरहेको छ ।

पठान प्रदर्शन भएको ठिक एक बर्ष पछि अर्थात् २०२४ को जनवरी २५ मा फाइटर प्रदर्शन हुदै छ । ऋतिकले भर्खरै आफ्नो सोसल ह्याण्डलमा एक फोटो पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । फिल्ममा ऋतिक, दीपिकाको अलावा अर्जुन कपुर, करण सिंह ग्रोवर लगायतको मुख्य भुमिका रहने छ । पछिल्लो पटक विक्रम बेधामा देखिएका ऋतिक फाइटर पछि सिधै वार २ मा काम गर्ने छन्, जसलाई यसपटक अयान मुखर्जीले निर्देशन गर्दै छन् । उक्त फिल्म एसराज ब्यानरको स्पाई युनिभर्सको हिस्सा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु