दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार १२:४८

न्यूयोर्क। डायस्पोराको प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ। ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो। मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो नेपाली भेष भुषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडल बन्न उपयुक्त अवसर प्रदान गर्दै आएको छ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्प्रधामा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की रहेका छन्।

फिनालेमा सहभागी हुन हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री मिरुना मगर, मिस नेपाल वर्ल्ड-२०१० सदिक्षा श्रेष्ठ, मिस नेपाल वर्ल्ड-२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मोडल रेश्मा घिमिरे र मिस नेपाल अर्थ-२०२० सुप्रिया श्रेष्ठ लगायतको सहभागिता हुने ड्रिम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता यसअघि नै हिडन ट्रेजर र ड्रिम्स युनिभर्सलबीच भइसकेको छ । यसैबीच, ड्रिम्स युनिभर्सल र चिल्ड्रेन अफ युनिभर्सले शिक्षा र स्वास्थ्यजस्ता सुविधाबाट बञ्चित नेपाली बालबालिकाको स्तर सुधार्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु