दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मलेसियाको अधिवेसन जुलाई २९ र ३० मा,आईसिसि सचिव न्यौपानेको संयोजकत्वमा निर्वाचन समिती गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २३ गते, शनिबार १९:५३

मलेसिया,गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ ।
आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा आईसिसि सचिव एबं संघका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा,बिष्णु पौडेल,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन ।


उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका छन ।
गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष थापाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरेको बताए ।
संघका अध्यक्ष थापाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिती निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिती जुलाई २९ र ३० गर्ने निर्णय गरेको छ । एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागी ४६९९ ले सदस्यता लिएका छन ।
एनआरएनए मलेसियाले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा आईसिसि सचिव न्यौपानेलाई जिम्मेवारी दिएपछि उनले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि मलेसियाको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए । आईसिसि सचिव एबं पुर्व अध्यक्ष न्यौपानेलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए मलेसियाका कार्यसमिती र मलेसियामा रहेका अन्य नेपाली संघ सँस्थाहरुले पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएको भन्दै खुशी ब्यक्त गरेका छन ।
न्यौपानले आफू अध्यक्ष भएको बेला एनआरएनए मलेसियाको हकहितमा धेरै काम गरेका थिए । हाल एनआरएनए मलेसियाले बिश्वका शक्तीशाली एनआरएनएको सुचिमा आफ्नो नाम लेखाउन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु