दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्यानडामा आयोजना हुने “दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२३” को आवेदन खुल्ला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २६ गते, मंगलवार ९:३८

गोल्डेन हर्स फिल्मस् प्रा.लि. ले क्यानडाको नाग्राफल्स सिटिमा आयोजना गर्न लागेको “दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२३” का लागि आवेदन सार्वजनिक गरेको छ । चलचित्र तथा गीतसंगीत (लोक तथा आधुनिक) विधा तर्फका ३२ विधामा इच्छुक कलाकर्मीहरूले प्रतिस्पर्धीका लागि आवेदन दिन सक्ने गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक तथा अवार्डका अध्यक्ष अच्युत बजगाईंले बताएका छन् ।
नेपाली चलचित्र तथा गीतसंगीतको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्ने प्रमुख उद्धेश्यका साथ अवार्ड समारोहको आयोजना क्यानडामा गर्न लागिएको र यस्ता अवार्ड कार्यक्रमहरूले चलचित्र तथा गीतसंगीतकर्मीहरूको मनोवल बढाउने आयोजकले बताएका छन् ।
प्रतिस्पर्धीका लागि प्राप्त आवेदनहरू मध्येबाट चलचित्र तथा गीतसंगीत विधाका निर्णायक समिति सदस्यहरूले उत्कृष्ट ५ प्रतिस्पर्धीहरूको छनौट गर्नेछन् र सो नामावली संस्थाको वेभसाइट मार्फत सार्वजनिक गरिनेछ भने उत्कृष्ट ५ प्रतिस्पर्धीहरू मध्येबाट सर्वोत्कृष्ट अवार्ड विजेताको नाम क्यानडामा आयोजना हुने अवार्ड समारोह मार्फत घोषणा गरिनेछ ।
आवेदन दिन चाहने व्यक्तिहरूले आवेदन खुला गरिएका विधाहरूमा यथासिघ्र आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धा गर्न सबैलाई सहज होस भनेर आवेदन फर्म गोल्डेन हर्स फिल्मस् प्रा.लि. को वेभसाइट goldenhorsefilmspvt.comमा राखिएको छ र सोहीबाट डाउनलोड गरि फारम भरेर goldenhorsefilms83@gmail.com इमेल ठेगानामा आवेदन पठाउँन सकिनेछ । प्रतिस्पर्धामा सबैको सहभागिता होस भन्ने दृष्टिकोणले आवेदन निःशुल्क रूपमा भर्ने व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु