तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालको मात्रै उम्मेदवारी,बरिस्ठ उपाध्यक्ष बाहेक सबै निर्विरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ३१ गते, आईतवार १९:२४

साउदी अरव,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकहरुको नामावली प्रकाशित गरेको छ । अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सुचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ ।अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध भएको छ । बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर पर्कृयागत तवरले उक्त जानकारी गराऊनेछ । शुरुमा रोशन कुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन ।

अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ । कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल 9thadhiveshan@gmail.com मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्याल जोनले आग्रह गरेका छन ।
निर्वाचन समितिमा उम्मेदवारी परेका नामहरु सार्वजनिक गरेको छ । जस्मा आईसिसि सदस्यहरुमा
राम बहादुर क्षेत्रि र दिपक रेग्मीको उम्मेदवारी परेको छ ।
अध्यक्षमा रबिना अर्याल,वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ भने महासचिवमा शुक्र तामाङको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल ,कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ,सह-कोषाध्यक्षमा
दुर्गा बहादुर काउचा,युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।
तेस्तै सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत,दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु