तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“दमाई महाराज” को पोस्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार १४:१६

काठमाडौं । स्टार म्युजिसियन प्रकाश सपुत सामान्य भन्दा फरक संगीत, गीत र मेकिङको कारण सधैं दर्शकको चासो र चर्चा को केन्द्रमा रहँदै आएका छन् । उनै प्रकाश अब ‘दमाइ महाराज’ बोलको गीत लिएर दर्शकमाझ आउँदै छन् । फेसबुकमा गीतको पोस्टर सार्वजनिक गर्दै सपुत ले उक्त जानकारी दिएका हुन् । भोली ५ गते शुक्रबार सार्वजनिक हुने गीतले दर्शकको मन भुलाउने र विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने सपुतको अपेक्षा रहेको छ ।

गलबन्दी, बोल माया, सकम्बरी लगायत सुपर हिट म्युजिक भिडियोमा स्वर, संगीत भरेर अभिनय समेत गरेका प्रकाश कहिलेकाहिँ गीतको बोल र गीतले दिने सन्देशको कारण विवादमा आइरहन्छन् । उनको यस गीतको टाइटल पनि विवादमा आउने सम्भावना छ । अब उनले पुराना भिडियोमा जस्तै दर्शकको साथ र माया पाउँछन् या कन्ट्रोभर्सीमा फस्छन् त्यो त गीत रिलिज भएपछि नै थाहा होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु