दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार २०:२८

काठमाडौं, साउन ३ गते ।तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता विहिबार सुरु भयो । प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष विदुर गौतमले उद्घघाटन गरे । सो कार्यक्रममा आयोजक विद्यालयका बोर्ड अफ डाइरेक्टर अजित लामा तथा उप प्रधानाध्यापक सबिता कपरुवानको पनि उपस्थिती थियो ।
दुई दिने प्रतियोगिताको पहिलो दिन सञ्चालित खेलमा छात्र ८ दखि १० कक्षाको समूहमा अल्पाइन एकेडेमीका प्रशान्त तामाङ, नितेन मेमोरियलका दिपक गोले, फ्लोरसुरेन्ट मावीका जेसिक मैनाली तथा अरुणिमाका सजल न्यौपाने शीर्ष स्थानमा छन् ।
छात्रा तर्फ न्यू जेनिथकी तृषा शाही, नितेन मेमोरियलकी निरता परियार र पुष्पसदनकी सिवानी रिजाल शीर्ष स्थानमा छन् । छात्र ६ देखि ७ कक्षा समुहमा पाठसालका ओस्कार पन्थी, पुस्पसदनका असिम मर्हजन, साइ निल्यम बोर्डिङ स्कुलका अजित पौडेल र आयोजक त्रियोगका सम्यम पाण्डे शीर्ष स्थानमा छन् । छात्रा तर्फ आयोजककी नोयल थापा र ग्रिन हिलकी एन्जल मर्हजन शीर्ष स्थानमा छन् ।
छात्रको ४ र ५ कक्षाको समूहमा आयोजकका आभाष रिमाल र लक्ष मोरको साथमा अन्नपूर्णका अविरल तामाङ र पुसपदिनका हार्दिक पन्त शीर्ष स्थानमा छन् । छात्रा तर्फ न्यु समिटकी नेहना श्रेष्ठ र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ शीर्ष स्थानमा छन् ।
१ कक्षा देखि ३ कक्षा छात्र समूहमा माछापुच्छ्रे स्कुलका सशस श्रेष्ठ र त्रियोगका प्रसुन मल्ल शीर्ष स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु