
मकाऊ- गैरआवासीय नेपाली संघ(एनआरएनए) मकाउको आठौं महाधिवेशनले भिमसेन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनीलगाएत सबै कार्यसमिती निर्बिरोध निर्वाचित भएका हुन् ।
एनआरएनए मकाउको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरन्जन खड्का निर्वाचित भएका छन् । युवा उपाध्यक्षमा सुरेश सिह सुनार र्निविरोध निर्वाचित भएका छन् । महासचिवमा अमृत गुरुङ , सचिवद्वयमा रबिन्द्र महर्जन र धिरेन्द्र सिटौला ,कोषाध्यक्षमा दिपक तामाङ , सह-कोषाध्यक्षमा मकर राई , युवा संयोजकमा विशाल पौडेल निर्वाचित भएका छन् । महिला संयोजकमा सन्जु नगरकोटी र्निविरोध निर्वाचित भइन् ।
कार्यसमिति सदस्यमा क्रमशः सचिन कपाली, दिलिप खड्का हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ डिल्ली बहादुर खड्का सम्झना भुसाल ,अमृत गौतम ,सन्तोष रिजाल, सुमन तामाङ निर्वाचित भए ।
शुक्रवार भएको अधिवेसनमा निर्वाचन संयोजक युवराज न्यौपानेले श्रेस्ठको अध्यक्षताको कार्यसमितीलाई निर्विरोध घोषणा गरेको थियो । उक्त कार्यक्रममा एनआरएनए आईसिसि महिला सचिव टिका गुरुङ,एनआरएनए एशिया प्याशिफिक महिला संयोजक शान्ती अधिकारी,एनआरएनए अभियन्ता चेतन गुरुङलगाएतले नवनिर्वाचित एनआरएनए मकाउको नेतृत्वलाई आगामी कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।


