तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनए थाईल्याण्डमा पुनः भविन्द्र वस्नेतको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ७ गते, आईतवार १५:५४

थाईल्याण्ड,गैरआवासीय नेपाली संघ(एनआरएनए) थाईल्याण्डको आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा पुनः भविन्द्र वस्नेत निर्विरोध निर्वाचित भएका छन ।
सामाजिक काममा निकै अग्र भागमा रहनुभएका बस्नेतलाई सवैले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचनका लागि भएको मनोनयनमा अध्यक्षमा बस्नेतको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि निर्विरोध भएका हुन । यस्तै कार्यसमितिको उपाध्यक्षमा क्रमश:आतिश कृष्ण श्रेष्ठ,दानराज अधिकारी,राम गौतम, सरोज खना, महासचिवमा निरज वैद्य,सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल,युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ,महिला संयोजकमा सञ्जना तिम्सिना निर्विरोध निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा क्रमश:अतित कोइराला,पवन तुलाधर,सरसिङ गुरुङ,राजु बलामी ,सोमफोप सुवेदी,हेमलाल खनाल रहेका छन । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।
आईतवार सम्पन्न महाधिवेसनमा नेपाली राजदुतावासका प्रथम सचिव खगराज पाण्डे,एशिया प्याशिफिक संयोजक पारसमणी पोखरेल,थाई नेपाली संघका पदाधिकारीहरुले बस्नेतको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु