तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बाल अधिकार, बाल संरक्षण र बाल बिबहा बिषयक शिक्षकहरुलाई अभिमुखिकरण तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १० गते, बुधबार २१:२०

काठमाडौं ।गुड नेर्वस इन्टरनेशनल नेपालको अर्थिक तथा प्रविधिक सहयोग र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा संचालित एकिकृत समुदायिक विकास परियोजनाले गोदावरी नगरपालिका संगको समन्वयमा शिक्षकहरुलाई बाल अधिकार, बाल संरक्षण र बाल बिबहाबारे १ दिने तालिम गोदावरी नगरपालिक–१० चापागाँउ स्थित श्री जनभावना मा वि को सभाकक्षमा ३० जना शिक्षकहरुको सहभागितामा तालिम आयोजना तथा सम्पन्न गरियो।

उक्त अवसरमा गोदावरी नगरपालिकाको नगर शिक्षा प्रमुख दिनानाथ पन्थिले बालबालिका र शिक्षक एकअर्कोको परिपुरक रहेको र बालबालिको भविष्य निमार्ण संगसंगै देशको प्रमुख पक्ष शिक्षालाई विकास गर्न सकारात्मक सहयोग गर्नुभएकोमा शिक्षकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ। यसै क्रममा बालबालिको पक्षमा बा.सं.वि.स (बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासका अधिकार र सहभागिताको अधिकार) लाई जोड दिंदै विधालयमा आवश्यक व्यवस्था गर्न सकारात्मक समन्वयको पहलकदमी लिन अनुरोध गर्नुृभयो।
तालिम सहर्जकर्ता आत्माराम थापा ज्यु ले (कार्यकारी निर्देशक–सिजप) बाल अधिकार, बाल संरक्षण र बाल बिबहामा केन्द्रीत रहि हालको अवस्था बारे छलफल गर्दे शिक्षकहरुको भुमिका र योगदान बारे विविध क्रियाकलाप मार्फत जनकारी गराउनु भयो। यस्तै उक्त तालिमका अर्का सहजकर्ता बशिष्ठ अधिकारी ज्यु ले (सामाजिक विकास सल्लाहाकार बाल संरक्षण –गोदावरी नगरपालिका) हाल गोदावरी नगरपालिकामा बाल अधिकार, बाल संरक्षण अन्र्तगत भएका क्रियाकलाप को बारे जानकारी, छलफल तथा अन्र्तकृया कार्यको तालिम सहजिकरण गर्नु भएको थियो।

तलिममा सहभागी सञ्जय तिमल्सिना (शिक्षक–श्री पथ प्रदर्शक मा वि नगर बाल अधिकार समिती सदस्य) ले तालिम समय सन्र्दभ अनुसार सान्र्दभकि भएको र हाल को परिस्थिती विधालय, शिक्षक र विद्यार्थीको सम्बन्ध अनि बाल अधिकार, बाल संरक्षण र बाल बिवहाको विविध पक्ष जसले बालबालिकाको बर्तमान र भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने विषयको बारे थप जानकारी हासिल गर्ने अवसर प्रदान गर्नु भएकोमा गोदावरी नगरपालिका, गुड नेर्वस इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रलाई विशेष धन्यवाद दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु