दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए कोरियाको अधिवेसनका लागी पर्यटन मन्त्री श्रीपाली कोरियामा, एयरपोर्टमा नेपाली दुतावास र एनआरएनए कोरियाद्वारा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १२ गते, शुक्रबार १५:३८

काठमाडौं ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ । उक्त कार्यक्रमको लागी नेपालबाट माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी कोरिया आइसकेकी छन । कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपालीलाई नेपाली राजदुतावास सिउल र एनआरएनए कोरियाद्वारा भब्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, एनआरएनए आइसिसि सदस्य विमल सुवेदी,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन,वरिस्ठ उपाध्यक्ष सन्जिव राई,एनआरएनए कोरियाका पुर्व सचिव राजकुमार स्याङतानलगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
एनआरएनए कोरियाको अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको छ र कार्यक्रम सभ्य र भब्य बनाउन एनआरएनए कोरियाको कार्यसमिती लागिपरेको अध्यक्ष दीपक पुनले बताए ।
कार्यक्रममा नेपालबाट प्रमुख अतिथीको रुपमा आएकी राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले कोरियामा रहेका नेपाली संघ,सँस्था र नेपालीहरुसँग छलफल गर्ने बताईन । उक्त अधिवेसनका लागी नेपालवाट संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदुत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर,एनआरएनए आइसिसीका पदाधिकारीहरु, विभिन्न देशबाट एनआरएनए पदधिकारीहरुको उपस्थित रहने अध्यक्ष पुनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु