तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महिला विश्वकपः फ्रान्स र स्विडेन विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १४ गते, आईतवार ६:१४

काठमाडौं। फिफा महिला विश्वकप फुटबल अन्र्तगत आज भएको खेलमा फ्रान्स र स्विडेन विजयी भएका छन् । अस्ट्रेलियामा भएको खेलमा फ्रान्सले ब्राजिलमाथि जित निकाल्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको छ ।

समूह ‘एफ’ मा रहेको फ्रान्सले ब्राजिलमाथि २-१ गोल अन्तरको जित दर्ता गरेको हो । फ्रान्सका लागि एगुनी ले सोमर र कप्तान वेन्डी रेनार्डले एक-एक गोल गरिन् । ब्राजिलकी डेबिन्हाले एक गोल फर्काइन् ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको फ्रान्स समूह ‘एफ’को शीर्ष स्थानमा पुगेको छ । ब्राजिल भने ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

त्यसअघि भएको पहिलो खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।

स्विडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गरिन् भने फ्रिडोलिना रोल्फो, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक/एक गोल गरे ।

यो जितसँगै समूह ‘जी’ मा रहेका स्विडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एक/एक अङ्क रहेको छ । समूह ‘जी’ बाट अब ३ मध्ये एक टिम नकआउट चरणमा पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु