तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साउन १५ खीर खाने संस्कृती : यसरी बनाउनुस् घरमै स्वादिष्ट खीर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १५ गते, सोमबार १०:१७

भान्से लक्ष्मण प्रसाद भंडारी-

काठमाडौं । नेपाल धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म,संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ ।

वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस् , फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिला – पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ। यस्ता रोग हरुको संक्रमणबाट बँच्न रोग प्रतिरोधात्मक क्षमताको आवस्यकता पर्दछ साथै खीरमा रोग प्रतिरोधात्मक क्षमता बडी हुने भएकोले बर्षात महिना दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन रहेको हुनुपर्दछ ।

यसरी बनाउनुस् घरमै स्वादिष्ट खीर
१०-११ जानको लागि खीर पकाउन चाहिने सामग्रीहरु:

– १ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने

– घिउ ३०० ग्राम
– दुध ६ लिटर
– चिनी ४०० ग्राम
– ड्राई फ्रुट्स (काजु, बदाम, किसमिस, क्षुवारा – २५० ग्राम)
– ल्वाङ, सुकमेल, मरिच एवम् अलैंचीको जैफलको धूलो ।

पकाउने विधि

१. कसौडीमा घिउ तताउने।
२. तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने ।
३. खैरो भएपछि एकछिन सेलाउन दिने ।
४. सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।
५. छोपेर चलाउने ।
६. चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।
७. त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।
८. ल्वाङ, सुकमेल, मरिच एवं अलैंची जैफलको धूलो राख्ने ।
९. केही समय ढकनाले छोपेर राख्ने ।
अब यो परिकार खानका लागि तयार भयो । घिरौँलाको तरकारी, काँक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसँग खीर आनन्द लिई खाऔँ ।

खीर बनाउँदा चिनी, मसला र ड्राइ फ्रुट पाकी सकेपछि मात्र राख्ने । नत्र फाट्न सक्ने सम्भावना हुन्छ । अन्तिममा आँपको लेदो राखेर आँपको स्वादमा पनि खान सक्नु हुन्छ । चकलेट पाउडर राखेर चकलेटको स्वादमा पनि लिन सक्नुहुन्छ । अन्य फलफूलको पल्प बनाई सेलाई सकेपछि मिश्रण गरी अलग अलग स्वादमा लिन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु