
टर्की, गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नेतृत्वमा उज्ज्वल कुमार घिसिङ पुन दोहोरिएका छन । घिसिङको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारी श्यामकला राईले पाएकी छिन ।
यसैगरी, उपाध्यक्षमा मन्दिरा खत्री,महासचिवमा विनोद पौडेल, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा पेम्बा शेर्पा र सहकोषाध्यक्षमा सविता तामाङ चयन भएका छ्न्।
यस्तै, संजिव खतिवडालाई युवा संयोजकको जिम्मेवारी दिइएको छ। महिला संयोजकमा सरिता बास्कोटा चयन भएकी छिन्।कार्यसमिति सदस्यहरुमा देवराज खड्का, भिसन राई, अमृत थापा,डोमा शेर्पा र सृस्टी तामाङ रहेका छन ।


