
भूमिकला पौडेल-
क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) ले नेपालमा जलवायु सम्बन्धी भईरहेका कार्यहरूको अवस्थाका बारेमा नागरिक विश्लेषण दोस्रो प्रतिवेदन सार्वजनिक गरेको छ । कान्साको सदस्य संस्थाहरू मध्ये विशेष गरि नेपाल वाटर कन्र्जरभेसन फाउण्डेशनको नेतृत्व तथा प्राक्टिकल एक्सन नेपाल र मर्सीकोरको सहयोगमा राजधानीमा आयोजित एक कार्यशालामा सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कार्यशालामा कान्साको राष्ट्रिय तदर्थ समितिका प्रमुख तथा प्रज्ञा सिड्स नेपालका अध्यक्ष प्रणय श्रेष्ठले कार्यशालाको औचित्य बारे प्रकाश पार्नुहुँदै सन् २०१८ मा सार्वजनिक गरिएको पहिलो प्रतिवेदनका सम्बन्धमा पनि जानकारी दिनुभयो ।
त्यसैगरी प्राक्टिकल एक्सन नेपालका जलवायु सम्बन्धी विषयगत नेतृत्वकर्ता डा. धर्मराज उप्रेतीले नेपालमा जलवायु सम्बन्धी भईरहेका कार्यहरूको अवस्थाका बारेमा एक एक प्रश्तुतीकरण गर्नु हुँदै जलवायु सम्बन्धी सवालमा नेपालमा उचित बजेट विनियोजन हुन नसक्दा जलवायु सम्बन्धी सवालमा प्रभावकारी ढंगले काम गर्न नसकिएकोले सरकार यस विषयमा गंभिर तथा जिम्मेवार हुनुपर्नेमा जोड्दिनु भयो ।

कार्यशालामा विस्तृत रूपमा छलफल गर्नका लागि प्यानल छलफल गरिएको थियो । जसमा कान्साको मुख्य कार्यसमिति सदस्य तथा नेपाल वाटर कन्र्जरभेसन फाउण्डेशनका अध्यक्ष डा. नमिन्द्र दाहाल, कान्साको मुख्य कार्यसमिति सदस्य तथा प्रकृति स्रोत केन्द्रका कार्यक्रम निर्देशक प्रविणमान सिंह, कान्साको राष्ट्रिय तदर्थ समितिका उपप्रमुख तथा नेपाल वाटर कन्र्जरभेसन फाउण्डेशनका कोषाध्यक्ष मनिषा सुवेदी, जलवायुका लागि नेपाली युवाहरूको सञ्जाल नेपालका सञ्जाल संयोजक उमेश बलाल मगर तथा मष्टा गाँउपालिका, बझाङ्गका अध्यक्ष ज्ञान बहादुर बोहराले प्यानलिस्टका रूपमा रहेर जलवायु सम्बन्धी सवालमा देखिएका समस्याहरू तथा छलफलमा उठेका विषयहरूलाई संवोधन गर्नु भएको थियो ।
कार्यशालामा मर्सीकोरबाट उपस्थित हुनुभएका प्रतिनिधी सुधा खड्काले कार्यशालाको अन्त्यमा कार्यशालामा भएका गतिविधीहरूका बारेमा संक्षेपिकरण गर्नुहुँदै सो प्रतिवेदन तयार पार्न योगदान गर्नुहुने व्यक्ति तथा संघसंस्थाहरू लगायत कार्यशालाका सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यशालाको सहजिकरण नेपाल वाटर कन्र्जरभेसन फाउण्डेशनका कार्यकारी संयोजक लालमणी वाग्लेले गर्नु भएको थियो ।


