दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

व्यङ्ग्य निबन्ध – गणतन्त्र र बडाहाकिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १६ गते, मंगलवार १६:०६

शम्भु प्रसाद गजुरेल-

विचार र आडम्बरको अन्तरघुलनबाट उत्पादित उप उत्पादनको स्वाद चाख्ने प्रबल इच्छाले मस्तिष्क देखि मन सम्म “कावा” खाइरहेको धेरै भएपनि वास्तविक समाज र कुथुर्के तमिजको टकरावबाट प्रष्फुटित श्याम रंगले ढाकेको चन्द्रज्योतिको दारुण अबस्था नियाल्ने अवसर यो जिज्ञासुलाइ जुरेको थिएन। अमिलो मनमा कल्पनाको मिठाइँ सजाउदै प्रतीक्षारत थियो यो मन, अकस्मात् किनाराको जिविका र केन्द्रको जिजिविसाको को स्वाद अनुभव गर्ने मौका जुर्‍यो ।
आध्यात्मका साधक बाबाको सानिध्य र नैतिकताको उज्यालो दीपक बोकेर उतरापन्थको मार्गमा यात्रा लम्बिदै जादा मार्गका बडाहाकिमको दरबारमा जाने सुझावमा पात पलायो अनि पालुवाको अर्ध शीतल छायाको भरमा दरबारको अट्टाली पार गरेर बडाहाकिमको दिवाने खासमा प्रवेश पायो हाम्रो विशुद्ध नैतिकता खोजी समूहले !
वातानुकुलित सभागारमा गजधम्म गणेश झैँ बसेका बडा हाकिम अर्थात गणतन्त्रकालीन सिडिओको आँखा गाला र जिब्रोमा क्रान्तिको ज्वाला दन्कियो , सायद उहाँले लोकसेवा पास गर्दा पनि जाचकीलाई अस्त्र तेर्स्याएर आफ्नो परिक्षाफल सकारात्मक पार्नुभएको हुनसक्छ अन्यथा एक दर्जन प्राध्यापक, साहित्यकार, तथा,आध्यात्मिक गुरु सहभागी रहेको स्वदेशी अझ भन्नुपर्दा स्वप्रदेशी समूहलाइ अर्कै ग्रहबाट उहाँकै बडाहाकिमी खोस्न आएको चाणक्य र चन्द्रगुप्त ठान्नु भएछ र त क्रान्तिकारी प्रवचन उराल्नु भयो स्वागतको पुष्पगुच्छाको बदला ।

उहाँकै समकक्षी द्वारा कर तगारोबाट हात्ती भन्दा ठूलो सुनको डल्लो फुत्त पास गराएर भागबन्डामा चित्त नबुझ्दा पर्दा हटाउने खेलमा पिएचडी गर्दैगर्दा संस्कृत भाषा,सामाजिक चाडपर्व,सामाजिक सदाचार, जन्ममृत्यु देखि जीवनका हरेक धार्मिक कार्यलाइ कोरा ढोग बताउदै पण्डित , पुरेत, पुजारी अनि वेद पुराण र देव साधनालाइ नष्ट गर्नु नै जरुरी हो भन्ने खालका शब्द लठ्ठा बटारेको देख्दा उहाँको समाज प्रतिको मिजाज नाङ्गो भयो सन्की महाराजको अदृश्य कपडा जस्तै।

क्रान्तिकारिताको झुन्झुना बजाएर केही दर्जन मनुवाको आलयमा मदिरालय र वासनालय सहित मसाजालय पनि निर्माण भए राजाका पिकदान सफा गर्ने सामर्थ्य विहीन मनुवा बडाहकिम मुकर्रर् गरिए तर दायित्व बोध नभएका एक नशामा झुल्ने असुरवृत्तिमा संमोहित नव प्रशासकको स्वागतले कुनै दललाइ मत मागेको आभाष गरायो र राजस्वको नगदले खरिद गरिएको खनिज पानी पिएपछि सन्यासी एक वाक्य पार्स्वमा अमेरिका होइन नेपाल सजाउनुस् भन्दा आफ्नो पछाडि टागिएको अङ्ग्रेजी ब्यानर हेरेर टोलाउदा उनको बडप्पन साँझको अरेली झैँ देखियो।

किनाराको वस्तीमा पुग्दा जलविहीन गढीमा अमृतका घडा सजाएका र हातमा नवरंगी पुष्पहारले नैतिकता ,आस्था र सामाजिक चाहनाको हिमनदी बगेको अनुभुति भयो। अनि टुकुचे क्रान्तिका भकुण्डे संवाहकको नजरमा समाज एक वधशाला हो र मनुष्य बलिका मेडो हुन् भन्ने स्पष्ट भयो र भन्न वाध्य भएं वर्तमान परिवर्तन मानवताको सामुन्ने दानवता ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु