दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए जापानको अध्यक्षमा निउरे, आमाछोदिङमो गाउँपालिका अध्यक्षले दिए वधाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १६ गते, मंगलवार २०:५०

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्।

एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् । यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे निकटतम प्रतिस्पर्धीलाई १ हजार ७ सय ३५ मतले पराजित गर्दै निउरे आगामी २ वर्षको लागि अध्यक्ष भएका हुन् ।

नव निर्वाचित अध्यक्ष नवीन निउरेलाई जापान अध्ययन अवलोकन भ्रमणमा रहेका रसुवाको आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

करिव एक दशक बढी एनआरएनएमा आवद्ध भएर बिभिन्न सामाजिक कार्यमा संलग्न निउरेले समुदायको स्तर उन्नति, भाइचारा र नयाँ पुस्तालाई संस्थामा आकर्षक गराउने प्रतिबद्धता निउरेको छ । सामाजिक क्षेत्रमा आफ्नो अनुभवसहित काम गरेर देखाउने प्रतिबद्धता स्थापित गराउन चाहेको दावी गर्दै निउरेले जापानमा शिव मन्दिरसहितको प्रविधियुक्त बहुउद्देश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने महत्वकाङ्क्षी योजना पनि अघि सारेका थिए ।

आइतबार सम्पन्न मतदानबाट ५ उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ विजयी भएका छन्।

महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी विजयी भएकी छिन्। निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेल विजयी भएका छन्।

३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए । जसमा अर्जुन थापा बगाले, दिपेश केसी खत्री र दिलिप कँडेल निर्वाचित भएका छन्।

महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नै निर्विरोध निर्वाचित भएकी छिन्। कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा दीपक सुनार विजयी भएका छन्।

युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् । भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन्।

८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कँडेल, नेत्र पाण्डे र रामु कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा यसवर्षको निर्वाचनमै अत्यधिक मत ३ हजार ९ सय ७० ल्याएर ललिता तामाङ निर्वाचित भएकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु