
काठमाडौँ । प्रधानमन्त्री कार्यालयको सचिवालयका प्रमुख स्वकीय सचीव रमेश मल्लले दुग्ध विकास बोर्ड खारेज नहुने कुरा बताउँदै यो विषयमा प्रधानमन्त्रीज्यु सकारात्मक रहनु भएको बताएका छन् ।
दुग्ध किसानका प्रतिनिध एवं नेपाली डेरी एसोसिएसन सहितका दुग्धसँग सम्बन्धित संघसंस्थाले बुझाएको ध्यानकर्षण पत्र बुझाएको बारे बुझ्दा सचिवालयका रमेश मल्लले किसानसँग जोडिएको संस्था भएकाले बोर्ड खारेज नहुने बताएका हुन् ।
मल्लले सचिवालय भित्र सकारात्मक बहस भएको भन्दै आफ्नो जोड बोर्ड खारेज गर्न नहुने पक्षमा रहेको बताए ।
भेटमा सहभागि किसानका प्रतिनिधि सिडिक्यानका महासचिव राम आचार्य र एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भने,“ उहाँले बोर्ड खारेज हुँदैन भन्नुभएको छ । प्रधानमन्त्री कार्यालय भित्र छलफल भएको र बोर्ड खारेज हुँदैन ढुक्क हुनुस् भन्नुभएको छ ।”
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत बोर्ड खारेजीको प्रस्ताव ल्याएको थियो । प्रस्तावपछि दुग्ध क्षेत्रका उद्योग व्यवसायी विरोधमा छन् ।


