
काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुन उम्मेदवारी घोषणा गरेका छन । थापालाई युवा उपाध्यक्षमा दोहोर्याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिन्छन ।
थापाले युवा उपाध्यक्षमा दोहोरिने इच्छा देखाएपछि एनआरएनए अभियन्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।
विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए युवा मानिन्छन ।
२ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा अहिले सफल व्यावसायी बन्न सफल भएका छन ।
थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन । उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी समेत हुन ।
थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेको छ।
थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक समेत भएर काम गरिसकेका छन ।


