दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कीले अगस्टमा विश्वलाई सुखद् समाचार दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार १७:२२

रुस र युक्रेन बीच जारी द्वन्द्व रोक्नका लागि मध्यस्थ भुमिका खेलिरहेको टर्कीले विश्वलाई अगस्ट महिनामा सुखद् समाचार दिने भएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इस्तानबुलमा शुक्रवारको प्रार्थनापछि पत्रकारहरूसँग कुरा गर्दै आगामी अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टर्की भ्रमण हुनसक्ने बताउनुभएको हो । राष्ट्रपति पुटिनको टर्की भ्रमणको मिति नतोकिएको भएपनि अगस्ट महिनाभित्र हुनसक्ने बताउनु भयो । गएको बुधवार राष्ट्रपति पुटिनले राष्ट्रपति एर्दोगानसँग टेलिफोन वार्ता गर्दै भ्रमण गर्ने बताउनुभएको थियो । टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः शुरु गर्न आग्रह गरेको बताउनु भयो ।
युक्रेन र रुसबीचको तनाव कम गर्न टर्कीको मध्यस्थकर्ताको भुमिका अद्वितीय रहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । टर्कीले कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ । संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति एर्दोगानले ब्लाक सी कोरिडोर खोल्नसके भोकमरीबाट पीडत अफ्रिकन देशले खानेकुरा पाउने कुरा पुटिनलाई टेलिफोन संवादमा भनेको उल्लेख गर्नुभयो । ‘टर्कीले अफ्रिकी देशहरूसँगको सकारात्मक सम्बन्ध कायम राख्न काम गरिरहेको छ’ राष्ट्रपति एर्डोगानले भन्नु भयो । युरोपेली देशहरूको परम्परागत रूपमा औपनिवेशिक दृष्टिकोणको विपरित, टर्कीले लामो समयदेखि अफ्रिकी देशहरूसँगको आफ्नो सम्बन्धलाई मजबुत बनाउदै लगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार परेको सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु