दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतबाट हुने अवैध दूधको आयात रोक्न माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार १५:५७

काठमाडौँ, २३ साउन । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, महासचिव हेमचन्द्र खनाल, रितिका डेरीका योगेन्द्र चिमोरिया, एसोसिएसन इलाम जिल्ला अध्यक्ष लक्ष्मी थापाको टिमले झापा सिडियो कार्यालयमा सहायक सिडियो रुद्र प्रसाद न्यौपानेलाई भेटी भारतबाट भित्रिने अवैध दूध नियन्त्रण गर्न अनुरोध गरेका छन्।

भारतीय सीमाबाट अवैध रुपमा दूध तथा दूग्धजन्य पदार्थ आयात हुँदा नेपाली दुग्ध उत्पादक कृषकहरू समस्यामा छन् । जसका कारण नेपाली किसानहरूले उत्पादन गरेको दूधको खपत घटेको छ ।

दूधको खपत घटेसँगै किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा दूध खेर गइरहेको छ । किसानको दूध खेर जाँदा उनीहरूको आयमा समेत असर परेको छ ।

यतिमात्रै होइन, अहिले लम्पी स्किन रोगका कारण भारत पनि प्रभावित छ । यस्तो बेला झन् सीमानाकाबाट अवैध रूपमा दूध भित्रिँदा थप जोखिम समेत बढेको छ ।

यस्तो अवस्थामा अवैध रूपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रण गरी नेपालमा उत्पादित दूधलाई संरक्षण गर्दै किसानलाई राहत दिलाउन पहल थालिएको छ ।

महासचिव खनालका अनुसार यो अभियान भारतसँग सीमा जोडिएका देशैभरका जिल्लामा हुनेछ । अब यति गर्दा पनि सरकारले एक्सन लिएन भने किसानलाई साथमा लिई आफैं फिल्डमा निक्लने अध्यक्ष दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु