तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मार्सल आर्ट्स टोली युके जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार २०:४५

काठमाडौं, साउन २५ गते ।अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार युकेको नर्थ योर्कसायर प्रस्थान गर्दै छ ।
अगष्ट १३ तारिखमा हुने प्रतियोगितामा समिप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने छन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङ, आदिवासी खेलकुद संघ नेपालका महासचिव सुरेश मगरलगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए ।
उक्त प्रतियोगितामा नेपालबाट उद्धव थापा मगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी गारए । उद्धव केहि महिनादेखि युकेमै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु