दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कराते टोली भारत प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार २०:४७

काठमाडौ ।अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली बिहीबार भारतको नयाँ डिल्ली प्रस्थान गरेको छ । करातेको राष्ट्रिय ‘बी’ टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
अगष्ट ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सुविन खत्री, तेन्जिङ शेर्पा, आशिष थापा, प्रवीण मानन्धर, पुष्पका लामा, मनीषा चौधरी, आशिका राई, सानुमाया थिङ, प्रभात रोका मगर र छोङला शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ओमकृष्ण प्रसाईं, व्यवस्थापकमा मजेन्द्र सिंह, अफिसियलमा सानोभाइ लामा, प्रशिक्षकमा शिवराम कारन्जित र निर्णायकमा श्रृजन अधिकारी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु