साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्न थाले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १६ गते, शुक्रबार १३:५६

चितवनः सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर गैँडा मर्ने क्रम बढेको हो ।

चोरी शिकारलाई झण्डै शून्यमा झरेको भए पनि वर्षेनी २५÷२६ वटा गैँडा कालगतिबाट मर्न थालेपछि कारणको खोजी गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कालगतिबाट अर्नाको मृत्युको कारण खोजी गर्न बनाएको समितिले काम भने थालेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१५ मा गैँडा गणना भएयता हालसम्म ७९ गैँडा कालगतिले मरेका छन् । आव २०७२÷७३ मा १५, आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६ र यस आर्थिक वर्षमा १३ वटा गैँडा कालगतिले मरेका छन् ।

यसै क्रममा २०७२ वैशाखमा एउटा गैँडा चोरी शिकारीले मारेका थिए । ढकालका अनुसार सानो ठाउँमा धेरै गैँडा रहेका कारण कालगतिबाट धेरै मरेको देखिन्छ । निकुञ्जको पूर्व क्षेत्रमा गैँडाको सङ्ख्या केही कम रहेको छ । धेरै गैँडा रहेका पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा सार्न सकिएमा कालगतिबाट मर्नेको सङ्ख्या घटाउन सकिने उनलृ बताए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैँडा भेटिएकामा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका थिए । यसैवर्ष पुनः गैँडा गणना गरिँदै छ । त्यसपश्चात् चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लामा पाँच र बर्दियामा तीन गैँडा स्थानान्तरण गरिएको छ ।

चितवनबाटै चीन सरकारलाई चार गैँडा उपहार दिइएको छ । अर्यालले बुढो भएर, बच्चा जन्माउन नसकेर, भाले लाग्ने समयमा भालेले पोथीलाई हानेर पनि गैँडा मर्ने गरेको बताए । गैँडाको आयु ४० वर्षको हुने गर्दछ । गैँडाको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि सजिलै गैँडा देख्न सकिन्छ । मध्यवर्ती आसपासका बस्तीमा गैँडा पस्ने समस्या समेत बढ्दै गएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु