तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

घोडचढीको कोर्स सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३० गते, मंगलवार ६:२३

नेपाल घोडचढी सङ्घको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्स सोमबार सुरु भयो । कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
घोडचढी संघले एसियाली घोडचढी महासंघ, अन्तर्राष्ट्रिय घोडचढी महासंघ, नेपाल आर्मी, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्षको सञ्चालन गरेको हो ।
सुरुको दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश छ । एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिने छन् ।
यस पछिका ४ दिन एफईआई सोलीडारीटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङका कोर्स हुने छन् । यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्ने छन् ।
कोर्समा नेपाल आर्मीका आठ तथा कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती समान २–२ जना प्रशिक्षार्थी सहभागी छन् ।
कोर्षले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । पहिलो दिन घोडचढीको सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान नै प्रयोग शैली मार्फत नै सिकाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु