तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘ऐँचो पैँचो’को अफिसियल ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३० गते, मंगलवार १३:५९

काठमाडौं । कृषा चापागाईं को निर्देशनमा बनेको फिल्म ‘ऐँचो पैँचो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर अनुसार फिल्ममा राजनीतिक बिषयलाई प्राथमिकतामा दिइएको छ । विशेष गरेर नेपालको ग्रामिण क्षेत्रमा हुने राजनितिक खिचातानीको बिषयलाई फिल्मले उठाउने प्रयास गरेको छ । भदौं १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर ओ एस् आर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

काठमाण्डौंमा स्थित एक बिशेष हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर लञ्च गरीएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेकपा एसका नेता तथा सांसद प्रेम आले उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै आलेले फिल्मको कथामा मा राजनितिक बिषयलाई उठाएको कारण आफुले राजनितिक बिषयमा नयाँ खुराक दिन सक्ने बताएका थिए । साथै कार्यक्रममा नायिका सवसतिमा खड्का, नायक कोशिष क्षेत्री, मुकुन भुसाल, शुशिल सिटौला लगायत कलाकारको उपस्थिति रहेको थियो । उता फिल्मकै मुख्य अभिनेत्री बर्षा राउत भने अनुस्थित रहेकि थिइन् ।

पुरुषोत्तम प्रधानको छायँकन, अभिमन्यु निरबको कथा रहेको फिल्मलाई निर्देशक कृषाकै दाजु बिशाल चौलागाई ने निर्माण गरेका हुन् भने प्रितम लामिछाने र आदया लामिछानेले लगानी गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु