दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिम्नासियाडमा नेपालले पाँच खेलमा भाग लिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३१ गते, बुधबार ७:११

काठमाडौं ।नेपालले आईएसएफ यु–१५ जिम्नासियाडमा विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ । अगष्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न ३२ खेल मध्ये नेपालले ५ खेलमा सहभागिता जनाउन लागेको हो । नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ ।
टेबलटेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पौडीमा आरुशा शाक्य, श्रयला महर्जन र सुगम श्रेष्ठ सिन्याले खेल्ने छन् । तेक्वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्ने छन् । सम्यामी घिमिरे, आर्या पौड्याल, ओजश्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले बास्केटबलमा भाग लिने छन् । बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुने छन् ।
भीआईपी डेलिगेटमा प्रदीप जोशी, हेड अफ डेलिगेसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा सोविनराज रेग्मी, निर्णायकमा धनकुमार मैनाली र रोशन बोहरा, प्रशिक्षकमा सदीश प्रधान, प्रकाश थापा मगर, राधाबहादुर तामाङ, अन्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियलमा नवीन महर्जन र राजेश राई रहेका छन् । टोलीसंगै आईएसएफ टीसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पनि टोलीसंगै ब्राजिल जाने छन् । चारदिनको अन्तरालमा फरक फरक समयमा टोली ब्राजिल जाने कार्यक्रम रहेको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु