काठमाडौं, १७ कात्तिक । ऊर्जामन्त्री बर्षमान पुन अचानक अस्पताल भर्ना भएका छन् । शुक्रबार राति छातीमा अचानक समस्या आएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएकाे हाे । पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै मन्त्री पुन बिरामी परेका हुन् । नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् ।
श्राेतः janasawal.com