दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३२ गते, बिहीबार १७:४२

नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।

प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीवार गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौंदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो । भदौ २ गतेदेखि शुरु हुने यात्राको काठमाडौंको पशुपतिनाथ मन्दिरबाट काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै स्व.गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताउनु भयो । उहाँले मधेसका मुद्दामा उहाँले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रदीप गिरी पिछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि उहाँले जहिले पनि आवाज उठाउनु भयो । उहाँमा कुनै भय नै थिएन । मधेसको माग पूरा नभएसम्म उहाँले कुनै सम्झौता गर्नुभएन । आउने पिढीका लागि उहाँले एउटा ज्योति छरेर जानुभएको छ । उहाँ जे बोल्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो ।’

गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु