दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदीप गिरी काँग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन्ः देउवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार १७:५१

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताउनुभएको छ ।

स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गर्नुभयो । गिरीलाई बिपी पछिको समाजवादको व्याख्या गर्न सक्ने नेताको रुपमा चित्रण गर्दै सभापति देउवाले उहाँका विचारहरुलाई सबै राजनीतिक पार्टीहरुले अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समाजवाद भनेको प्रजातन्त्रसहितको हुने कुरामा विश्वमा कहीँ पनि विमति नरहेको जिकिर गर्दै उहाँले त्यस विचारको पनि नेता गिरी पक्षपाती रहेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘समाजवादबारे भन्ने हो भने उहाँ धेरैनै बुझेको मानिस हुनुहुन्थ्यो । वास्तवमा भन्ने हो भने विपी पछाडिको समाजवाद बुझेको नेता, समाजको व्याख्या गर्नसक्ने, भन्न सक्ने नेता प्रदीप जी हुनुहुन्थ्यो । उहाँ पनि हाम्रो बीचमा हुनुहुन्न । त्यसैले उहाँले लेखेका कुराहरु छन । उहाँका विचारहरु छन् । ती कुराहरुलाई हामीले, राजनीतिक पार्टीहरुले कम्पायल गरेर लैजानुपर्छ । प्रदीप गिरीजी बारे धेरै नेताहरुले भनिसक्नु भयो । मलाई केही भन्नु छैन । एउटा कुरा के छ भने प्रदीप गिरीजी समाजबादबारे धेरै ठूलो ज्ञान भएको व्यक्ति हो । उहाँ प्रजातन्त्रको पक्षमा हुनुहुन्थ्यो । प्रजातन्त्रसहितको समाजवाद उहाँले भन्नुभएको हो । संसारभरमा डेमोक्रेसीसहितको समाजवादलाई विश्वास गरिएको छ । त्यसैले डेमोक्रेटिक सोसलिज्म भनेपनि हुन्छ । त्यसको पक्षपाती पनि हुनुहुन्थ्यो उहाँ । उहाँ चाँही धेरै ठूलो व्यक्तित्व हो नेपालको । काँग्रेसलाई कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) दिने व्यक्ति पहिलो व्यक्ति हुनुहुन्थ्यो प्रदीप गिरीजी ।’

सभापति देउवाले समाजवादबारे गिरीले धेरै कुरा बुझेकाले सोही मान्यताको आधारमा अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु