दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हक्कीको सोलिडारिटी कोर्स सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार ७:०८

काठमाडौं, भदौ ५ गते ।नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा साताव्यापी हक्कीको ओलम्पिक सोलिडारिटी कोर्स सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभा हलमा मंगलबार सम्पन्न भएको छ ।
कोर्समा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरी कुल ३० को सहभागिता थियो । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षका साथै इभेन्ट्स म्यानेजमेन्ट बारे पनि प्रशिक्षण दिइएको थियो । सहभागीलाई एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
सामापन पछि हक्की स्टिक बनाउन काठको प्रयोग गरिने भएको हुँदा त्यसको सोधभर्ना स्वरुप एनओसी हातामा वृक्षारोपण गरिएको थियो । अन्तर्राष्ट्रिय हक्की महासंघको आह्वानमा विश्वभर वृक्षारोपण गर्ने अभियानअन्तर्गत वृक्षारोपण गरिएको हक्की संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु