दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनफिल्ड सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ७ गते, बिहीबार ६:००

काठमाडौं, भदौ ६ गते ।आयोजक ग्रिनफिल्ड ‘ए’ दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०–२४ ले पराजित ग¥यो । ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले १८ अंक जोडे ।
जुनियर ब्वाइजमै ज्ञान निकेतनले पिपुल्स एकेडेमीलाई ३०–१२ तथा रेडिअन्ट पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३०–२६ ले हराउदै सेमिफाइनलमा स्थान बनाए । ज्ञान निकेतनका दिप्सनले १२ तथा रेडिअन्टका विधानले २१ स्कोर गरे ।
सिनियर ब्वाइज पनि ज्ञान निकेतनले सेमिफाइनल यात्रा तय ग¥यो । ज्ञान निकेतनले द एक्सेल्सियरलाई ५१–२१ ले पाखा लगायो । ज्ञान निकेतनका आयुश रावलले १६ अंक जोडे ।
सिनियर गल्र्समा रिब्स र संस्कृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सले रेडिअन्ट पब्लिकमाथि १९–१८ को कठिन जित दर्ता ग¥यो । रिब्सकी नौशिका लिम्बूले ७ अंक जोडिन् । साइ निलायम विरुद्धको खेलमा संस्कृति ३०–१८ ले विजयी भयो । संस्कृतिकी रिदिसमाले १२ स्कोर गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु