दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यातायात क्षेत्र देशको मेरुदण्ड हो: निवर्तमान अध्यक्ष शाह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ८ गते, शुक्रबार १४:४५

काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल) का निवर्तमान अध्यक्ष उज्जल जंग शाहले यातायात देशको मेरुदण्ड भएको बताएका छन् । जाम नेपालको दोस्रो साधारण सभा तथा अधिवेशनमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा संस्थालाई प्रभावकारी रुपमा अघि बढाएको भन्दै आगामी दिनमा झनै सकृय हुने अपेक्षा रहेको बताए । नेपालमा निजी क्षेत्रलाई सरकारले सहयोग गरेको नदेखिएको भन्दै आगामी दिनमा यस्तो प्रवृतिको अन्त्य हुनेपर्ने बताए ।

सरकारले ट्राफिक जरिवानाबाट राजस्व निकै उठाउने गरेको र त्यो पैसा जहाँ सदुपयोग हुनुपर्ने हो त्यो त्यहाँ सदुपयोग नभएको दाबी गरे । सरकारी निकायले सडक सँधै भत्काउने र बनाउने खेल खेलेको कारण यात्रुले समस्या दैनिक भोग्नु परेको दाबी गरे ।

अहिलेको अवस्थामा काठमाडौंबाट पोखरा पुग्न नै १५ घन्टा लाग्ने बाध्यता रहेको भन्दै यो समस्या समाधान गर्न सकेको खण्डमा पर्यटक, यातायात सबै क्षेत्रमा सकारात्मक सन्देश जाने बताए । यसका लागि सरोकारवाला पक्षले अर्थमन्त्रीसँग छलफल गर्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु