
गोबिन्द राज ओझा-
माया प्रेमको फूल फुलेको छ यी मेरा नयनमा
गीत गाउँछु मैले सुनाउँछु तिमिलाई मिठो स्वरमा
तरङ्ग पैदा भएको छ दिलमा आएर बसिदिँदा
चुपचाप बसेको छु यहाँ तिम्रो आशामा
खोजिरहेको छु खोला अनि बगरमा
देखिन्छौ कि कतै नयन खोली हेर्दा
बोलाएको थिए तिमिलाई निद्राबाट ब्युँझेपछि
तिम्रो मायामा मन मेरो डुबेर गएपछि
बसेको छु भेट्न आज तिमिलाई देखेपछि
तिमि आएर यो दिलमा बसेपछि
माया प्रेमको फूल फुलेको छ यी मेरा नयनमा
गीत गाउँछु मैले सुनाउँछु तिमिलाई मिठो स्वरमा


