दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईटीएफ पदक विजेता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार १९:४४

भक्तपुर (आईटीएफ) तेक्वान्दो संघले भारतमा भएको सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी भक्तपुरका ३ खेलाडीले २ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका थिए ।
सविना तामाङले २ स्वर्ण र १ कांस्य, मुना राईले ३ रजत र १ कांस्य तथा रोनिका पराजुलीले २ कांस्य जितेका थिए । उनीहरुलाई संघीय सांसद् शोविता गौतम, सूर्यविनायक नगरपालिका वडा २ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यू इङलिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु