दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसिया कपमा पाकिस्तानसँग नेपाल फराकिलाे अन्तरले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार ६:३२

काठमाडौ ।एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे ।

नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफकै बलमा सोमपाल आउट भए ।

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियाे ।

पाकिस्तानका लागि बाबरले उत्कृष्ट शतकिय पारी खेले । उनले १४ चौका र ४ छक्काको मद्धतमा १५१ रन बनाए । इफ्तिखर अहमदले पनि ११ चौका र ४ छक्काको मद्धतमा १०९ रनको शतकिय पारी खेले ।

ओपनर फखार जमान र इमाम उल हक भने सस्तोमै आउट हुन पुगे । जमानले १४ र हकले ५ रन मात्रै बनाए । विकेटकिपर मोहम्मद रिजवानले ४४ रन बनाए ।

अघा अली सलमानले ५ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । कप्तान रोहित पौडेलले इमाम र दीपेन्द्रसिंह ऐरीले रिजवानलाई उत्कृष्ट रन आउट गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु