दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार १९:५८

काठमाडौं ।नेपाली टेबलटेनिस टोली २६ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्दै छ ।
भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी सहभागी हुँदै छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल छन् । नेपालले पुरुष÷महिला सिंगल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
पाँचै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दै छन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टेबलटेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो ।
बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षण बारे चासोपूर्वक जानकारी लिएका थिए । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए । एसियाली टेबलटेनिसमा सहभागी हुने खेलाडीलाई टीटी गुड्स नेपालले टिसर्ट प्रायोजना ग¥यो ।
यसैबीच अखिल नेपाल टेबलटेनिस संघ, तदर्थ समितिको पहिलो बैठकले संघका वरिष्ठ सह–संयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐन अनुसार संघको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । संघका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले शाहीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यहरुमा सह–संयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु