
काठमाडौ ।ज्ञान निकेतनले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता पायो ।
बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ज्ञान निकेतनले न्यु जेनिथलाई २७–१८ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १५ अंक योगदान गरे । जुनियर ब्वाइजमा दिप्सन अधिकारीको ७ अंक सहयोगमा ज्ञान निकेतनले आयोजक केएमसीलाई १६–११ ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा एआईएले इनोभेटिभलाई २३–१९, नेरिक एकेडेमीले रिलायन्सलाई २७–२४, इलाइट ग्रान्डले केएमसी ‘बी’ लाई २१–११, काठमाडौं जेभियरले भद्रघलेलाई २२–१६, सैनिकले केएमसी ‘ए’ लाई २०–१६ र सनसाइनले एनसीसीएसलाई १९–१० ले पाखा लगाए ।
प्रतियोगिताको केएमसीका निर्देशक डा. मनोजकुमार थापा र प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइज १६, जुनियर ब्वाइज र गल्र्समा समान ८–८ र स्टाफमा ६ टिम सहभागी छन् । फाइनल भदौ २२ गते हुनेछ ।


