दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्छ : सुरेश श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार ६:०८

भक्तपुर । हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हाम्रो धर्म परम्परा रीति थिति एवं परम्पराको रक्षा हामीले नगरे कसैले नगर्ने बताउनुभएको हो ।

आज हाम्रो कला संस्कृति मासिने अवस्थामा पुगेको छ यसको रक्षाका लागि हामी सबै एक जुट भएर लाग्नु पर्ने उहाँको धारणा रहेको थियो । हामीले हाम्रो धर्म संस्कृति नजोगाउने हो भने अन्य विस्तारवादीहरूले हाम्रो धर्म संस्कृति परम्परा एवं संस्कार मेटाउन लाग्ने छन् । उहाँले बताउनुभयो ।

उहाँले आश्रमले घरबार विहीन ज्येष्ठ नागरिकलाई राख्ने काम गरेको काम सराहनीय भएको बताउँदै अवका दिनमा आश्रमले ताथलीका ज्येष्ठ नागरिकका लागि दिवामा भजन कीर्तन गर्ने एवं भलाकुसारी गर्न ज्येष्ठ नागरिक मिलन चौतारी समेत बनाउन आग्रह गर्नुभएको थियो ।

दर विशेष कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका संस्थापक एवं कार्यक्रमका सभापति बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले तीज केवल केही सीमित नारीहरूको मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको उहाँले बताउनुभएको थियो । उहाँले तीजको व्रत केवल श्रीमान् राम्रो पाउँ र श्रीमानको आयुको विषयमा मात्र नभएर राम्री पत्नी पाउँ अनि पत्नीको स्वास्थ्यको लागि पनि बस्नु पर्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष एवं समाजसेवी धर्मराज कार्कीले धर्तीमा पापको बोझ धेरै भएका

हिन्दु धर्मलाम्वीहरुमाथी विभिन्न धर्मालम्वीहरुले प्रहार गरी रहेको अवस्था छ जसलाई परास्त गर्न हामी एक जुट हुनु पर्ने बताउनुभएको थियो । उहाँले हामी एक भएमा मात्र हाम्रो संस्कार जोगिने समेत बताउनुभएको थियो ।

ज्येष्ठ नागरिकको सेवाका लागि छोरीको घर आश्रमले आगामी ११ गते देखि भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट पितृ मुक्ति जान महायज्ञ गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो ।

यस्तै कार्यक्रममा दुई दर्जन भन्दा बढी गुरुहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा करिब १ सय भन्दा बढी ७०वर्ष पुरा हुनुभएका भएका बा आमालाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु