
काठमाडौ ।कृषक र माटो एक अर्काको परिपुरक हुन । माटो राम्रो हुनु नै कृषकको उत्पादन राम्रो हुनु हो । माटो संरक्षण एक महत्वपुर्ण पक्ष भएकोले उक्त पाटोमा कृषकहरुलाई जागरुक गराउने प्रमुख उद्देश्यका साथ गुड नेर्वस इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा अगुवा कृषकहरुलाई २ दिने माटो संरक्षण तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा तालिम सहजकर्ता माटो विशेषज्ञ डा.टिका बहादुर कार्की (प्रमुख राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटार) ले कृषकहरुले उठान गर्नु भएको विभिन्न माटोजन्य समस्याको प्राकृतिक समाधानका बारे छलफल गरी उचित समाधान दिनु भएको थियो ।
माटो संरक्षणले जमीनको माथिल्लो भागको माटोलाई यथा स्थानमा राख्न सहयोग गर्छ । जस्ले गर्दा माटोको दिर्घकालिन संरक्षण र कृषि उत्पादकत्वको गणुस्तर संग सगै कृषकको आयमा वृद्घि विकास हुन्छ । उक्त तालिममा श्री चण्डोल महिला बचत तथा ऋण सहकारी संस्था लि,श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि, श्री सारङ्गीडाँडा महिला कृषी सहकारी संस्था लि र श्री ढुङ्गे सुन्दरपानी साना किसान सहकारी संस्था लि को, कुल ३० वटा कृषक समुहका ३० जना अगुवा कृषकहरुको सक्रिय सहभागिता रहेको थियो । तालिम मिती २०८० भदौ १५ र १६ गते,गादावरी ६ टिकाभैरवमा अयोजना गरिएको थियो ।


