दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम, मनास्लु वल्ड स्कुल द्वितीय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार १०:२६

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँ जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम भएको छ ।

पाचौँ संस्करणको उपत्यकाव्यापि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागीता रहेको र जसमध्ये काठमाडौँको टोखामा रहेको ग्लोरी स्कुल प्रथम तथा चुच्चेपाटीमा रहेको मनास्लु वल्ड स्कुल द्वितीय तथा विपुल शिक्षा सदनले तृतीय स्थान हात परेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार भएको प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम, मनास्लु वल्ड स्कुल द्धितीय, विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगि विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजारका दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको हो भने उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगिले ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको हुन् ।

कार्यक्रमको सभापतित्व नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्ग बहादुर बस्नेतले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत रहनु भएको थियो ।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डेव हमाल, सह अध्यक्ष सुवास हमाल लगायत प्रदेश तथा जिल्लाबाट उल्लेख्य व्यक्तिहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन टंक थापाले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु