दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वाइवाइका ब्राण्ड एम्बेसडर-आयुष्मान खुराना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार १५:३८

बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरी संग मित्रवत सम्बन्ध रहेको अभिनेता आयुष्मानले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ । स्वाभाविक र जीवन्त अभिनयका लागि उनलाई लगातार दुई पटक सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार र उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए।
अभिनयको अतिरिक्त, खुरानाले आफ्ना धेरै चलचित्रहरूका लागि पनि गीत गाएका छन्, जसमा “पानी दा रङ” गीत समावेश छ, जसले उनलाई सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो। ‘विकी डोनर’ बाट एकै पटक स्थापित आयुष्मान ले प्रेमलीला, ‘दम लगा के हईशा’ (सन् २०१५) मा अभिनय गरेका थिए। खुरानाले हास्य ‘बरेली की बर्फी’ (सन् २०१७), शुभ मङ्गल सावधान’ (सन् २०१७), ‘बधाई हो’ (सन् २०१८), ‘ड्रिम गर्ल’ (सन् २०१९), र ‘बाला’ (सन् २०१९); थ्रिलर ‘अन्धाधुन’ (सन् २०१८); र ‘आर्टिकल १५’ (सन् २०१९) सँग आफूलाई स्थापित गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु