
काठमाडौं । विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ग्रिन भ्याली रिसोर्ट एरियामा वरिपरि वृक्षारोपण गरिएको छ ।

ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक गणेश श्रेष्ठ र भोलेन्टे वल्र्ट एसोसिएसनका अध्यक्ष रुद्र भण्डारीको समन्वयमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । वृक्षारोपण रोपण कार्यक्रममा पुर्ब सहायक रथी नवल शाहको प्रमुख आतिथ्यता रहेको थियो ।


