दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विजेताहरुलाई पुरस्कार वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार २१:३२

ललितपुर। ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई शनिवार  पुरस्कार वितरण गरेको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीहरुलाई बागमतीप्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरेको हो।

भाद्र २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता रहेको थियो। जसमा अण्डर १७ समूहमा हःखा छुसिकाका सौर्य महर्जन प्रथम, नागबहालका सुगत शाक्य द्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालक सम्यक शाक्य तृतिय हुन बनेका थिए । यसैगरी भेट्रान्सतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम भएको छ। उनीहरुको जोडीले मंगःत्वाःका किशोर ब्यञ्जनकार र विरेन्द्रलाल श्रेष्ठको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो। भेट्रान्सतर्फ लुखुसिका बिलन महर्जन र सन्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतिय बने ।

यसैगरी मेन्स डबलमा नागबहालका ससीन डंगोल र सुमन शाक्यको जोडीले ओकुबहालका शान्त डंगोल र दिपेश शाक्यलाई हराउँदै प्रथम स्थान हातपार्न सफल भयो । फाइनल खेलमा नागबहालले ओकुबहाललाई २१–१३ र २१–१४ को सोझो सेटमा हराएको थियो।  मेन्स डबलमा पिन्छेबहालका अमन महर्जन र दिपान महर्जन र दथुलँका राजु बज्राचार्य र सुमित महर्जनको जोडी तृतिय बनेका थिए । पुरस्कार वितरण कार्यक्रम युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जन, निवर्तमान अध्यक्ष चन्द्र महर्जन, ललितपुर ९ वडाका अध्यक्ष् एवम् प्रवक्ता राजु महर्जन, श्रम तथा युवा समितिका प्रमुख एवम् उपाध्यक्ष किरण महर्जन लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति समेत रहेको थियो।

Jyapu Samaj New 21694273852.jpg

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु