दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२० मा बेचिने पानी ७ रुपैयाँमा तयार हुन्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते, सोमबार १८:३३

काठमाडौं : अहिले देशमा बोत्तलको पानीको माग बढिरहेको छ । यसको साथमा मिसावट पनि भइरहेको छ । देशका कतियपय पानी उद्योगलाई त मिसावट भएको भनी सिल नै गरिएको छ । यद्यपि ती उद्योगहरु केहि साता वा महिनामा फेरी सञ्चालनमा आएकै हुन्छन् । विश्वको दोश्रो ठुलो जलश्रोतको धनी हाम्रो देशमा पानी पिउनको लागि समेत महंगो रकम खर्चनुपर्ने अवस्था छ ।

एक लिटर पानीको लागतः
फरक–फरक ब्राण्डका पानीको मूल्य फरक–फरक हुन्छ । तैपनि देशका अघिकांश स्थानहरुमा पानीको मूल्य प्रतिबोत्तल २० देखि २५ रुपैयाँमा पाइन्छ । यो धाराको पानीको तुलनामा हजारौँ गुणा महंगो पर्न जान्छ । अर्थशास्त्रीहरुको भनाईअनुसार आधालिटर बोत्तलको पानीको मूल्य दिनभरी खर्च गर्ने पानी यानिकी नुवाउने, लुगा धुने, भाँडा माझ्ने, खाना पकाउने लगायतमा प्रयोग हुने पानीको मूल्यभन्दा पनि महंगो हुन्छ । आखिर कसरी यति महंगो हुन्छ त पानी ?

प्लास्टिकको बोत्तलको मूल्य – १ रुपैयाँ ५० पैसा
पानीको मूल्य – १ रुपैयाँ
पानी प्रशोधन, लेभलिङ लगायतको मूल्य – ३ रुपैयाँ ५० पैसा प्रतिबोत्तल
अतिरिक्त खर्च – १ रुपैयाँ
जम्मा – ७ रुपैयाँ प्रतिबोत्तल

यानिकी जम्मा ७ रुपैयाँको पानीको लागि हामीले २० वा सो भन्दा धेरै तिरिरहेका हुन्छौँ । के यतिधेरै रकम तिरिसकेपछि पनि हामीले पिउने पानी स्वच्छ छ त ? अवश्य पनि छैन । सरकारले यसरी पानी बेच्ने कम्पनीहरुको सहि तरिकाले नियमन र अनुगमन गर्न नसक्दा सर्वसाधरणले अझै पनि महंगो रकममा दुषित पानी पिउँदै आएका छौँ । बोत्तलको पानीको साथमा जारको पानि पनि एकदमै दुषित पाईएको पछिल्लो केहि महिनाको अनुगमनबाट पनि प्रस्ट हुन्छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु